फिल्म ‘कोशेढुङ्गा’ मा यस्तो छ सुरक्षाको लुक्स

Image

चलचित्र कोशेढुङ्गाको फर्स्ट लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । निर्माणपक्षले बिहीबार फर्स्ट लुक्सका रूपमा सिनेमाको पोस्टर बाहिर ल्याएको हो ।

भदौ १२ गते रिलिज हुने चलचित्रको पोस्टरमा चलचित्रकी मुख्य कलाकार सुरक्षा पन्त फिचर्ड छिन् । सुरक्षालाई ओड्ने ओडेर पछि फर्किएर हेरिरहेको अवस्थामा पोस्टरमा देख्न सकिन्छ । उनको लुक्सले उनी नवविवाहित जस्तो देखिन्छ ।

उनी पहाडको एक घरको आँगन छेउमा उभिएकी छन् । केही समय अगाडि छोडेर हिँडेको जस्तो घर देखिन्छ । आँगनमा देखिएको झारले यो अनुमान लगाउन सकिन्छ । तर, घर छोडेको धेरै भएजस्तो देखिँदैन ।

चलचित्रमा सुरक्षा पन्त, आर्यन सिक्देल, नीति शाह, प्रविण खतिवडा, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, लोकमणी सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत कलाकारको अभिनय छ ।