मनाङमा पहिरोका कारण विद्युत् लाइन अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार विभिन्न स्थानमा पहिरो जाँदा विद्युत् लाइन अवरुद्ध बनेको हो ।
प्राधिकरणका अनुसार विद्युत् सेवा सुचारु गर्न प्राविधिक टोलीहरू फिल्डमा खटिएका छन् । मनाङमा पहिरोका कारण कतिपय स्थानमा सञ्चार सेवा समेत अवरुद्ध हुन पुगेको छ ।














