कुलमानबारे योगेशले भने – एउटा सहसचिवलाई हटाएकोमा किन यति ठूलो चिन्ता ?

Image

सत्तारुढ नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल विद्युत प्राधिकरण्का कार्यकारी निर्देशक कुलमान घिसिङलाई घटाउँदा नेकपा माओवादी केन्द्रका अध्यक्षलाई मुटुमै गोली लागेको जस्तो भएको टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूले पनि प्रधान सेनापति हटाएको सम्झिन आग्रह गरे । ‘म कमरेड प्रचण्डलाई भन्न चाहान्छु, तपाईंले त प्रधान सेनापति नै हटाउनु भएको थियो त, एकपल्ट सम्झिनु त प्रधान सेनापतिलाई कसरी हटाउनुभयो ?,’ भट्टराईले भने, ‘अस्तिको कार्यकालमा काम गरिरहेको मुख्यसचिवलाई हटाउनुभयो । हुँदै नभएको सुरक्षा सल्लाहकार पोष्ट खडा गर्नुभयो । अनि अर्को मुख्य सचिव ल्याउनु थियो ।’

यस्तै काम केपी ओली सरकारले गर्दा विरोध गरेको भन्दै उनले भने, ‘अनि केपी ओली सरकारले एउटा सहसचिवलाई हटाएकोमा यस्तो चिन्ता किन ? तपाईंकै मुटुमा गोली लागेको जस्तो किन भएको छ ? यो त मुटुमै गोली लागेको जस्तो भइराखेको छ उहाँलाई ।’

कर्मचारीलाई हटाउने सरकारको अविशिष्ट अधिकार रहेको भन्दै उनले सरकारसँग तालमेल नमिलेपछि एउटा सहसचिव हटाएको बताए । ‘केही कर्मचारीलाई सरकारले हटायो, त्यो सरकारको अभिशिष्ट अधिकार पनि हो,’ भट्टराईले भने, ‘कर्मचारी सरकारको मातहत हो, त्यो समीक्षा गर्न सकिन्छ ।’ उनले थपे, एउटा सहसचिव तहको कर्मचारी हो । सरकारसँग उसको टुयुनिङ मिलेन । उसको एउटा बन्दोबस्ती भयो ।’