रुपन्देहीमा विद्यार्थी बोकेको बसमा आगो लाग्यो

Image

रुपन्देहीमा एक निजी विद्यालयका विद्यार्थी बोकेको बसमा आगो लागेको छ । सुद्धोधन गाउँपालिका वडा नं ४ फर्साटिकरमा रहेको लिटिल फ्लावर हायर सेकेण्डरी स्कुलको बसमा आगो लागेको हो ।

बिहीबार बिहान स्कुल समयमा विद्यार्थी बोकेरे आउँदै गरेको बस विद्यालय नजिकै पुगेपछि अचानक आगो लागेको स्थानीयले बताएका छन् । आगलागी हुँदा बसमा विद्यार्थी खचाखच थिए ।

विद्यालयकै अगाडी पुगेपछि अचानक धुँवा पुत्ताउँदै थियो आगो लागी हाल्यो, स्थानीय मनोज भण्डारीले भने ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले मिलेर विद्यार्थीको उद्धार गरेर आगो निभाएको उनले बताए ।
आगलागीबाट विद्यालयको लु१क १३२६ नम्बरको बस पुर्ण रुपमा क्षति भएको छ । आगलागीबाट मानवीय क्षती भने भएको छैन ।