महिला कबड्डीमा नेपाल चाइनिज ताइपेइसँग पराजित

Image

नेपाली महिला कबड्डी टोलीले एसियाली खेलकुदमा चाइनिज ताइपेइसँग ३७–१८ को हार व्यहोरेको छ । 

बुधबार टोकाइ सिटिजन जिम्नेसियममा समूह ‘बी’अन्तर्गतको खेल पहिलो हाफमा १३–१३ को बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भने नेपालको प्रदर्शन राम्रो हुन सकेन । दोस्रो हाफ नेपालले २४–५ ले गुमायो । प्रतियोगितामा नेपालको यो पहिलो हार हो ।  नेपालले रेड र ट्याकलबाट ११ र बोनसबाट सात अंक जोड्यो ।

पहिलो खेलमा नेपालले थाइल्यान्डविरुद्ध ४६–४३ को रोमाञ्चक जित दर्ता गरेको थियो । अब नेपालले बिहीबार श्रीलंकाको सामना गर्नेछ ।