प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । नेपाली कांग्रेस नेतृत्वको सात दलीय गठबन्धन छाडेर वाम गठबन्धनको सरकार फर्काउने निर्णयपछि प्रधानमन्त्री शीतल निवास पुगेका हुन् । त्यहाँ उनले परिवर्तित राजनीतिक घटनाक्रमबारेमा राष्ट्रपतिलाई ब्रिफिङ गर्ने बताइएको छ ।
त्यस्तै नेकपा एमालेसहितको नयाँ समीकरणमा सरकार पुनर्गठनको निर्णयबारे पनि उनले राष्ट्रपतिलाई जानकारी दिने भएका छन् । वाम गठबन्धनको सरकार बन्ने भएलगत्तै सोमबार अपरान्ह कम्तीमा ४ जना मन्त्रीले पद तथा गोपनीयतको शपथ लिँदैछन् ।
एमालेबाट पदम गिरी, माओवादीबाट वर्षमान पुन, जसपाबाट उपेन्द्र यादव र रास्वपाबाट रवि लामिछानेले पहिलो चरणमा मन्त्रीको शपथ लिन लागेका छन् ।