कोशी प्रदेशका चार जना सांसद र डीएसपी चढेको गाडी एकापसमा ठोक्किए (भिडियो)

Image

मोरङको कानेपोखरीमा कोशी प्रदेशका चार जना सांसद र प्रहरीको गाडी एकापसमा ठोक्किएका छन् ।

सोमबार दिउँसो २ बजे पूर्वपश्चिम राजमार्गको मोरङको कानेपोखरी गाउँपालिका– ७ खण्डमा बेलबारीबाट झापातर्फ जाँदै गरेको बा५च ३५३० नम्बरको कार विपरित दिशाबाट आउँदै गरेको बीएई १४०६ नम्बरको कारसँग ठोक्किएर दुर्घटना भएको हो ।

बा५च ३५३० नम्बरको कारमा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत डीएसपी खगेन्द्र खड्का सवार थिए । गाडी उनले चलाइरहेका थिए । अर्को गाडीमा कोशी प्रदेशका सांसद मैया श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार थिए । उनीहरु कोशी प्रदेशसभा बैठकमा सहभागी हुन विराटनगर आउँदै थिए ।

दुर्घटनामा सवारी चालक डीएसपी खड्का र सांसदहरू सामान्य अवस्थामा रहेका छन् । सांसद सवार कारका चालक झापा दमक नगरपालिका १ का ४० वर्षीया भेषराज श्रेष्ठ रहेको मोरङ प्रहरीले जनाएको छ ।