नेपाली महिला कबड्डी टोली सेमिफाइनलमा भारतसँग पराजित

Image

नेपाली महिला टोली एसियाली खेलकुलको सेमिफाइनलमा भारतसँग ४८–२४ ले पराजित भएको छ ।

शुक्रबार टोकाइ सिटिजन जिम्नेसियममा नेपालले दुवै हाफ गुमायो । नेपाल पहिलो हाफमा १७–३१ र दोस्रो हाफमा ७–१७ ले पछि पर्‍यो ।

सेमिफाइनलमा रोकिए पनि नेपाली टोली कांस्यपदक भने प्राप्त गरेको छ । कबड्डीमा सेमिफाइनलमा हार्ने टोलीलाई पनि कांस्यपदक दिने चलन छ ।

नेपाली महिला कबड्डी टोलीले लगातार दोस्रो कांस्यपदक जितेको हो । यसअघि टोलीले १९औँ एसियाली खेलकुदमा पनि कांस्यपदक जितेको थियो ।

जारी एसियाली खेलकुदमा नेपालले जितेको यो दोस्रो कांस्यपदक हो । यसअघि करातेबाट तेन्जिङ शेर्पाले नेपाललाई कांस्यपदक दिलाएका थिए ।

नेपाल समूह ‘बी’बाट उपविजेता र भारत समूह‘ए’को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए ।

समूह चरणमा थाइल्यान्ड र श्रीलंकालाई हराएको नेपाल चाइनिज ताइपेइसँग पराजित भएको थियो ।