सुनको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य उकालो लागेको छ।  बुधबार सुनको मूल्य  तोलामा २०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार पनि सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ४२० रुपैयाँ कायम भएको छ। मंगलबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो।