मधेस प्रदेशका सांसद सरोजकुमार सिंह काठमाडौँबाट अख्तियार नियन्त्रणमा

Image

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मधेस प्रदेश सभाका सांसद सरोजकुमार सिंहलाई नियन्त्रणमा लिएको छ। अख्तियारको उच्चस्रोतबाट प्राप्त जानकारीअनुसार सिंहलाई काठमाडौँको बिजुलीबजारबाट बिहीबार साँझ करिब ६ बजेतिर नियन्त्रणमा लिइएको हो। निर्वाचन क्षेत्र विकास कोषको रकम उपभोक्ता समितिमार्फत कमिसन बुझ्ने गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

उनी जनता समाजवादी पार्टीका सांसद हुन्। उनी महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित हुन्। यसअघि अख्तियारले उनको घरमा छापा मारेको थियो। त्यस्तै प्रहरीले उनका स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई यसअघि नै अख्तियारले नियन्त्रणमा लिइसकेको थियो।

अख्तियारले उनको घरबाट विभिन्न योजनाका कागजातहरू समेत नियन्त्रणमा लिएको थियो। उनी मधेस प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीसमेत हुन्।