ललितपुर महानगरको बजेट सात अर्ब ४६ करोड

Image

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/२०८३ को लागि सात अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँ बजेट नगरसभामा प्रस्तुत गरेको छ । 

महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् । चालु खर्चतर्फ दुई अर्ब ७८ करोड ८९ लाख ६९ हजार र पुँजीगत तर्फ चार अर्ब ६७ करोड ९४ लाख र २३ हजार  विनियोजन गरिएको छ । 

नगरलाई समृद्धि र सुशासन, सम्पदा र संस्कृति संरक्षण, दिगो पूर्वाधार, हरियाली प्रवर्द्धन, पर्यावरण, आत्मनिर्भर अर्थतन्त्र, गुणस्तरीय शिक्षा, घर–घरमा स्वच्छ खानेपानी, सामाजिक विकास, स्वास्थ्य युवा रोजगार लगायतका क्षेत्रलाई बजेटले प्राथमिकता दिएको छ ।