पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

Image

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।  निगमका अनुसार, पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि भएको छ भने मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढेको छ। 

निगमले सोमबार साँझ विज्ञप्ति जारी गरी वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने जनाएको छ।