हरिकृष्ण कार्की प्रधानन्यायाधीश नियुक्त

काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई नियुक्त गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

कार्कीको शपथ ग्रहण आजै अपराह्न सवा ५ बजे हुनेछ। उनलाई आजै बिहान मात्र संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको थियो।