इमाडोलमा बस दुर्घटना हुँदा १८ जना घाइते, बीच सडकमै पल्टियो बस

ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

शनिबार बिहान सवा पाँच बजे लुभुबाट लगनखेल आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस इमाडोलको बीच सडकमै पल्टिएको हो ।

प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक (इन्सपेक्टर) हरि डाँगीका अनुसार बसमा सवार ६ जनाको अवस्था सामान्य रहेको छ । उनका अनुसार बसमा २४ जना सवार थिए । घाइते १८ जनालाई उद्धार गरी उपचारका लागि बी एन्ड बी अस्पताल पुर्‍याइएको छ ।

बसका चालक २४ वर्षीय सुजन पनि घाइते छन् । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको इन्सपेक्टर डाँगीले बताए ।

प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरेको छ।