आइतबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९१ हजार ८ सय रुपैयाँ थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ६५ रुपैयाँ बढेर आज चाँदीको मूल्य दुई हजार दुईसय ८५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ। चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।















