बैंकहरूले घटाए ब्याजदर

Image

जेठ र असार महिनामा स्थिरजस्तै रहेको ब्याजदर साउन महिनाका लागि फेरि घटेको छ । नेपाल राष्ट्र बैंकको दबाबपछि अधिकांश बैंकहरूले साउन महिनाका लागि घटाएर निक्षेप ब्याजदर सार्वजनिक गरेका छन् । राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दरलाई ५ बाट ४.५ प्रतिशतमा झारेको घोषणा गर्‍यो । त्यस्तै स्थायी तरलता सुविधा दर ६.५ बाट ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर ३ बाट २.७५ प्रतिशतमा झारियो । यसले बैंकहरूलाई ब्याजदर घटाउनका लागि दबाब पुग्यो ।

त्यति मात्रै नभई असार महिना पूँजीगत खर्च बढी हुने महिना हो । वर्षभरिको कुल पूँजीगत खर्चमा असार महिनामा मात्रै ३२ प्रतिशत खर्च भएको छ । यसले पनि ब्याजदर थप घट्न गएको बैंकर बताउँछन् ।

असारको तुलनामा साउनमा १४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ४ ले स्थिर राखेका छन् । त्यस्तै २ बैंकले भने बढाएका छन् । प्रकाशित ब्याजदरअनुसार स्ट्यान्डर्ड चार्टर्ड र हिमालयन बैंकले मात्र ब्याजदर बढाएका छन् । माछापुच्छ्रे, ग्लोबल आईएमई, एनएमबि र सिद्धार्थले भने निक्षेपमा दिने अधिकतम ब्याजदर हेरफेर गरेनन् ।

प्रकाशित ब्याजदरअनुसार निक्षेपमा सबैभन्दा ब्याज स्ट्यान्डर्ड चार्टर्डले दिनेछ भने सबैभन्दा कम प्रभु बैंकले दिने भएको छ ।

बैंकअसारको ब्याजदर %साउनको ब्याजदर %
कृषि विकास५.४५५.४०
एभरेस्ट६.५५६.२५
नेपाल५.४५५.४०
लक्ष्मी सनराइज५.७५५.५०
माछापुच्छ्रे६.००६.००
एनआईसी एसिया६.५५६.२५
प्रभु६.१०४.२५
स्टान्डर्ड चार्टर्ड६.२५६.२६
राष्ट्रिय वाणिज्य६.००५.५०
नबिल५.७५५.५०
ग्लोबल आईएमई६.००६.००
सिद्धार्थ५.७५५.७५
प्राइम कमर्सियल६.२५६.००
कुमारी५.७१५.४१
सानिमा६.३३६.१८
हिमालयन५.५०६.००
नेपाल एसबीआई५.५०५.३५
इन्भेस्टमेन्ट मेगा५.५०५.२५
एनएमबी६.००६.००
सिटिजन्स५.६५५.५०