तोलामा १३ सय घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

Image

बुधबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ९२ हजार रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन १ लाख ९३ हजार ३ सय रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्य २ हजार २६० रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९३ हजार ३०० र चाँदीको मूल्य २ हजार २७५ रुपैयाँ कायम भएको थियो ।