शुक्रबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बिहीबार एकतोला सुनको मूल्य एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।त्यसै गरी, एक तोला चाँदीको मूल्य दुई हजार २६५ रुपैयाँ कायम भएको छ ।















