नेकपा एकीकृत समाजवादीले पनि सरकारमा सहभागी हुने दुई मन्त्रीको नाम पठाएको छ। समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भानुभक्त जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढालाई सहरी विकास मन्त्रालयमा पठाएका छन्।
बझााङबाट चुनाव जितेका जोशी प्रतिनिधि सभाको शिक्षा समितिका सभापति थिए। बुढाले भने डोल्पाबाट चुनाव जितेका हुन। उनी २०७६ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री भएका थिए।
एकीकृत समाजवादीबाट मन्त्री भएकाहरूले पनि आजै शपथ खाने भएपछि पौने ६ बजेका लागि तय भएको शपथ कार्यक्रम केही पछि सरेको छ।















