काठमाडौंको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

Image

काठमाडौंको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । बिहीबार दिउँसो पौने ४ बजे गोकर्णेश्वर नगरपालिका-४ नाम्गेल कोलमती मार्गको भित्री सडकमा दुर्घटना भएको हो ।

सडकतर्फ ब्याक गर्ने क्रममा बा ३ ख ४३४५ नम्बरको ट्रकले बालिकालाई लागेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जानकारी दिए ।

गोकर्णेश्वर-२ बस्ने २३ वर्षीया फुर्बु लामा शेर्पा घर अगाडि खेलिरहेको अवस्थामा ट्रकले लागेको एसपी गिरीले बताए । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भक्तपुर कमलविनायक बस्ने ३६ वर्षीय हरिबहादुर श्रेष्ठ छन् ।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।