नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लामा हराइरहेका २६ नेपाली नागरिकहरूको नामावली सार्वजनिक गरेको छ।
दूतावासका अनुसार पौडी गढवाल जिल्लामा गत साउन २० र २१ गते आएको भेलबाढीमा परेर उनीहरू सम्पर्कविहीन भएका हुन्। सोमबार जारी सूचीमा ४५ वर्षीय जनकबहादुर शाही, २५ वर्षीय रवि सिंह, ४० वर्षीय करण बहादुर, रोविन सिंह, गगन बहादुर, गोरख बहादुर, रामबहादुर शाही र हरिबहादुर खड्का रहेका छन्।
त्यस्तै थर नखुलेका प्रभात, केशव पनि सम्पर्कविहीन छन्।
निर्मला खड्का, ६० वर्षीय लक्ष्मण, २४ वर्षीय सुवास विश्वकर्मा, २४ वर्षकै रमेश, २२ वर्षीया प्रिया रहेको दूतावासले जनाएको छ।
दूतावासले प्रभावितको खोजी तथा उद्धारका लागि स्थानीय प्रशासन र सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ।
















