काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरपालिकामा संस्थागत विद्यालयहरूको शिक्षकलाई सामुदायिक सरह तलब सुविधा दिन निर्देशन दिएका छन् ।
शिक्षा ऐन, २०२८ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख भएकाले सोही अनुसार गर्न निर्देशन दिएका हुन् ।
सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले पाउने तलब सुविधा विवरण सार्वजनिक गर्दै सोही अनुसार दिन उनले निजी विद्यालयहरूलाई भनेका हुन् । उनले साे अनुसार तलब नदिए महानगरमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।
यस्तो छ सामुदायिक विद्यालयका शिक्षकले पाउने तलब