लिड्स युनाइटेडमाथि आर्सनलको फराकिलो जित

Image
LONDON, ENGLAND - AUGUST 23: Jurrien Timber of Arsenal (obscured) celebrates scoring his team's first goal with his teammates during the Premier League match between Arsenal and Leeds United at Emirates Stadium on August 23, 2025 in London, England. (Photo by Julian Finney/Getty Images)

इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले लिड्स युनाइटेडमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन खेलमा आर्सनलले लिड्स युनाइटेडमाथि ५-० गोल अन्तरको जित हासिल गरेको हो ।

घरेलु मैदानमा आर्सनलको जितमा जुरिएन टिम्बर र विक्टर ग्योकेरेजले २-२ गोल गरे भने बुकायो साकाले एक गोल गरेका थिए । यो आर्सनलको यस सिजनमा लगातार दोस्रो जित हो । त्यस्तै सिजनको पहिलो खेल जितेको लिड्स युनाइटेडले भने दोस्रो खेलमा हार बेहोरेको छ ।

त्यस्तै गएरातीनै सम्पन अन्य खेलमा ब्रेन्टफोर्डले एस्टन भिल्लालाई १-० ले पराजित गर्यो भने बर्नलीले सन्डरल्याण्डलाई २-० ले पराजित गरेको छ ।