काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
बोर्डले २०७२ सालको लेटर ग्रेडिङ निर्देशिका अनुसार नै नतिजा सार्वजनिक गरेको हो । एसईईको परीक्षा गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो ।
देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता थियो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् । जसमा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा प्राप्त गर्न सकिनेछ ।
नजिता हेर्नका लागि नेपाल टेलिकमको १६०० मा एसएमएस र आइभीआर गर्न सकिने छ ।
यस्तै, राष्ट्रिय परिक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीको वेबसाइट डब्लुडब्लुडब्लु डट एसईई डट जिओभी डट एनपी, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीको वेबसाइट डब्लुडब्लुडब्लु डट एनइबी डट जीओभी डट एनपी लगायत वेबसाइटबाट हेर्न सकिने छ ।














