मिस वर्ल्ड प्रतियोगिताको ७१औँ संस्करण नेपालमा डिशहोमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
२०२३ को फेब्रुअरी महिनादेखि नै मिस वर्ल्डका कार्यक्रम नयाँ दिल्लीमा सुरु भइसकेको छ ।
यही शनिबार फागुन २६ गते बेलुका ७ बजेर ४५ मिनेटमा कार्यक्रम सुरु हुनेछ । एक सयभन्दा बढी देशका प्रतिनिधिले मिस वर्ल्डमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगीहरुको भव्य कार्यक्रम मुम्बईको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा हुनेछ ।
यसपटक नेपालबाट मिस वर्ल्डमा मिस नेपाल २०२२ प्रियंकारानी जोशीले प्रतिनिधित्व गरेकी छिन् ।













