जनकपुरले लुम्बिनी लायन्सलाई दियो १३३ रनको लक्ष्य

Image

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको जनकपुर बोल्ट्सले २० ओभरमा ६ विकेट गुमाउदै १३२ बनाएको हो ।

जनकपुरका लागि संगीथ कूरेले सर्बाधिक अविजित ४५ रन बनाएका थिए भने मयन यादवले २७, आसिफ सेखले २०, संजय कृष्णमुर्थीले १४ र सुभ कंसाकारले ११ रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर रोहित पौडेल र शेर मल्लले २-२ विकेट लिएका थिए भने जेजे स्मिट र रुबेन ट्रम्पपेलमेनले एक एक विकेट लिएका थिए ।