अभिनेत्री पूजा शर्माले बिहे गरेकी छिन्। उनी प्रेमी युद्ध बानियाँसँग वैवाहिक सम्बन्धमा बाधिएकी हुन्। शनिबार भक्तपुरको साँगामा अवस्थित पाँचतारे होटल फच्र्युनमा उनीहरुको वैवाहिक समारोह गरिएको छ। जहाँ दुबैका परिवार, आफ्न्त र चलचित्रकर्मीहरुको उपस्थिति छ।
विगत ६ वर्षदेखि पूजा र युद्ध प्रेम सम्बन्धमा थिए। फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिजको बेला उनले आफ्नो प्रेम सम्बन्धबारे खुलासा गरेकी थिइन् । युद्धले औँठी लगाइदिएर पूजालाई प्रेम प्रस्ताव राखेका थिए । उनीहरुले मिलेर ललितपुर झम्सिखेलमा ‘ट्याग’ नामको रेस्टुरेन्ट सञ्चालन गर्दै आइरहेका छन्।















