आज नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेल हुँदैछ । आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच दिउँसो साढे ३ बजेदेखि खेल हुँदैछ ।
कर्णाली र जनकपुर दुवै यस सिजनको प्लेअफको दौडबाट बाहिरीएका छन् । कर्णाली र जनकपुर दुवैले यस सिजनमा यसअघि खेलेका ६(६ खेलमा १(१ खेल जितेका छन् भने ५(५ खेलमा हार बेहोरेका छन् । कर्णालीले एक मात्र जित लुम्बिनी लायन्सविरुद्ध हासिल गरेको थियो भने जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध जित हासिल गरेको थियो ।
आज हुने यस खेलको नतिजाले कुनै प्रभाव पर्दैन । कर्णाली र जनकपुरसहित चितवन र पोखरा प्लेअफको दौडबाट बाहिरिएका छन् भने सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स प्लेअफमा पुगेका छन् ।














