यू–१९ एशिया कप: बंगलादेशले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

Image

एसीसी पुरुष यू–१९ एशिया कप अन्तर्गत आज नेपालले बंगलादेशको सामना गर्दैछ । दुबईस्थित आइसीसी एकेडेमीमा हुने यस खेलमा बंगलादेशले टस जितेको र पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ । 

जारी यू-१९ एशिया कपमा नेपालले पहिलो खेलमा श्रीलंकासँग हार बेहोरेको छ । त्यस्तै बंगलादेशले भने आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो ।

नेपालले अर्को खेल डिसेम्बर १७ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ ।