लोक आधुनिक गायन तर्फ बर्देवालाई अवार्ड

Image

एक्टिभ इन्टरटेनमेन्ट प्राली द्वारा आयोजित “चौथो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड–२०८२” को ग्राण्ड फिनाले यही माघ २६ गते सोमबार चलचित्र विकास बोर्ड को हलमा सम्पन्न भएको छ ।

विभिन्न १७ विधामा सर्वोत्कृष्ट हुनेलाई आ आफ्नो विधाका अवार्ड प्रदान गरिएको थियो । जस अन्तर्गत लोक आधुनिक तर्फ गायक राजेश बर्देवाले अवार्ड जित्न सफल भएका छन् ।

आधुनिक गायन तर्फ सिडी विजय अधिकारी , सगीत तर्फ राजेन्द्र बजगाईँ लोक दोहोरी गायिका तर्फ सङ्गम लामिछानेले अवार्ड जितेकी छन् । कार्यक्रम मा राजकुमार बगर लाई सङ्गीत साधक सम्मान र शर्मिला गुरुङ लाई सदाबहार गायिका सम्मान गरिएको थियो ।