झिनो अंकले बढ्यो नेप्से

बजार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन झिनो अंकले बढेको छ । आज नेप्से तीन अंकले बढेर २०८९.८४ विन्दुमा पुगेको छ ।

आज १ अर्ब ७८ करोड १९ लाख रुपैयाँ बराबरको ५१ लाख ३० हजार कित्ता सेयर किनबेच भएको छ । आज ७६ कम्पनीको सेयर मूल्य बढ्दा १३० कम्पनीको मूल्यमा भने गिरावट आएको छ । यस्तै, १२ कम्पनीको सेयर भने स्थिर कायम छ ।

आज ट्रेडिङ उपसमूहका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यसदिन उक्त उपमूहको समूहगत सूचक सर्वाधिक १.८१ प्रतिशतले उकालो लागेको छ ।

आज १३ वटा उपसमूहमध्ये आठवटा उपसमूहको समूहगत सूचक उकालो लागेको छ । पाँचवटा उपसमूहको समूहगत सूचक ओरालो लागेको छ ।