सोमबार सुन ४ सयले घट्यो, चाँदीमा पनि गिरावट

Image

नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आइतबार प्रतितोला दुई लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर प्रतितोला दुई लाख ९६ हजार ७०० रुपैयाँमा झरेको छ। यस अनुसार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको हो।

यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार प्रतितोला ४,९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ४,९०० रुपैयाँमा किनबेच भइरहेको छ। चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ४,७२३ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ।