प्रतितोला  १ हजार ६ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीमा गिरावट

Image

मंगलबार नेपाली बजारमा सुनको भाउ उल्लेख्य रूपमा बढेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो।

महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, गत मंगलबार सुनको मूल्य २ लाख ९९ हजार ८ सय रुपैयाँ रहेको थियो।

यता चाँदीको मूल्य भने घटेको छ। मंगलबार चाँदीको भाउ प्रतितोला ३० रुपैयाँले घट्दै ५ हजार १६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी ५ हजार १९० रुपैयाँमा कारोबार भएको थियो भने गत मंगलबार यसको मूल्य ५ हजार ६५ रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभाव र विनिमय दरमा आएको उतारचढावका कारण सुनचाँदीको मूल्यमा दैनिक परिवर्तन हुने गरेको व्यवसायीहरू बताउँछन्।