अमेरिकाको राजधानी वासिङ्टनमा इजरायल र लेबनानबीच आज अर्थात् बिहीबार दोस्रो चरणको वार्ता हुने भएको छ। यस वार्तामा हाल कायम रहेको १० दिने युद्धविरामको अवधि बढाउने विषयमा छलफल हुनेछ।
लेबनानका राष्ट्रपति जोसेफ औनका अनुसार राजदूत स्तरको यो वार्तामा विभिन्न एजेण्डामाथि छलफल हुने बताईएको छ ।
जसमा इजरायली आक्रमणहरूलाई पूर्ण रूपमा रोक्ने, लेबनानी क्षेत्रहरूबाट इजरायली सेनाको फिर्ती, कैदीहरूको रिहाई,अन्तर्राष्ट्रिय सीमामा सेनाको तैनाथी, युद्धमा ध्वस्त भएका संरचनाहरूको पुनर्निर्माण गर्नू पर्नेलगायतका प्रस्ताव अगाडी सारिएको छ ।
अर्कोतर्फ, इरान र अमेरिकाबीच इस्लामाबादमा तय भएको दोस्रो चरणको वार्ता भने हुन सकेन। इरानले हालसम्म अमेरिकासँग सम्झौता गर्न सहमति जनाएको छैन। पहिलो चरणको वार्तामा इरानले युद्धविरामको शर्तमा लेबनानमा भइरहेको लडाइँ रोक्ने विषय पनि समावेश हुनुपर्ने माग राखेको थियो।















