स्थानीय बजारमा सुनको भाउ घटेको छ । शुक्रबार सुन तोलामा २२ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजको भाउ प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँ छ । बिहीबार दुई लाख ९८ हजार ७०० मा कारोबार भएको थियो ।
चाँदी भने तोलामा ७५ रुपैयाँले घटेर चार हजार ९४५ कायम भएको छ । अघिल्लो दिन पाँच हजार २० मा कारोबार भएको थियो ।















