शुक्रबार सुनचाँदीको भाउमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घट्दै २ लाख ९६ हजार ५ सय रुपैयाँमा झरेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने गत शुक्रबार २ लाख ९९ हजार ८ सय रुपैयाँ पुगेको थियो।
त्यसैगरी, चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला ७५ रुपैयाँले घट्दै ४ हजार ९४५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी ५ हजार २० रुपैयाँमा कारोबार भएको थियो भने गत शुक्रबार ५ हजार १३० रुपैयाँ पुगेको थियो।















