यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

Image

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर हिजोकै मूल्यमा स्थिर छ। हिजो सबैजसो मुद्राको विनिमयदर बढेको थियो।

आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।

यही चैत १८ गते अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो १ को खरिददर १७६ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०७ पैसा छ। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ २३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०४ पैसा छ। आज अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०६ पैसा छ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४९० रुपैयाँ ८७ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ८२ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४९० रुपैयाँ १५ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ११ पैसा थियो। आज बहराइन दिनार १ को खरिदर ३९८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४०० रुपैयाँ १६ पैसा छ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

CurrencyUnitBuySell
usd (U.S. Dollar)1150.50151.10
eur (European Euro)1176.36177.07
gbp (UK Pound Sterling)1203.23204.04
chf (Swiss Franc)1191.63192.40
aud (Australian Dollar)1107.63108.06
cad (Canadian Dollar)1109.95110.39
sgd (Singapore Dollar)1117.95118.42
jpy (Japanese Yen)109.449.48
cny (Chinese Yuan)122.0122.10
sar (Saudi Arabian Riyal)140.1340.29
qar (Qatari Riyal)141.2841.45
thb (Thai Baht)14.654.67
aed (UAE Dirham)140.9741.14
myr (Malaysian Ringgit)137.9638.11
krw (South Korean Won)10010.1810.22
sek (Swedish Kroner)116.3116.38
dkk (Danish Kroner)123.6023.69
hkd (Hong Kong Dollar)119.2119.29
kwd (Kuwaity Dinar)1490.87492.82
bhd (Bahrain Dinar)1398.57400.16
omr (Omani Rial)1390.90392.46