नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा आजदेखि काठमाडौँमा सुरु भएको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सभाको उद्घाटन शत्रमा स्वागत मन्तव्य राख्दै महासंघको ६० वर्षको यात्रा केबल वर्षको गणना मात्र नभई मुलुकको आर्थिक इतिहासमा दृढ संकल्प, संघर्ष र साझेदारिताको प्रतीक भएको बताए। उनले राजनीतिक अस्थिरता र दैवी प्रकोप जस्ता कठिन परिस्थितिहरूमा पनि महासंघले देशको आर्थिक गतिलाई अघि बढाउन सशक्त अगुवाको रूपमा काम गरेको उल्लेख गरेका छन् । यस साधारण सभासँगै वर्तमान कार्यकारिणी समितिको कार्यकाल पनि पुरा हुँदैछ।















