प्रधानमन्त्रीसँग प्रश्नोत्तरको माग गर्दै विपक्षीको अवरोध, प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित

Image

प्रधानमन्त्रीसँग प्रश्नोत्तरसम्बन्धी नियमावलीको व्यवस्था कार्यान्वयन गर्न माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्। अवरोधपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।

विपक्षी सांसदहरूले प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने व्यवस्था कार्यान्वयन नगरिएको भन्दै आपत्ति जनाएका थिए। प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न सकिने व्यवस्था रहे पनि सो प्रक्रिया पालना नभएको उनीहरूको आरोप छ।

यसै विषयलाई लिएर विपक्षीले सदनमै विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।सरकार र विपक्षबीच संसदीय अभ्यास कार्यान्वयनलाई लिएर देखिएको असहमति फेरि संसदमा प्रकट भएको छ।