सीआईबीले नियन्त्रणमा लियाे डीडीसी मुख्यालयका महत्त्वपूर्ण कागजात  

Image

आर्थिक घोटलाको आशंकामा दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको छ।

बुधबार छापा मारेर सीआईबीको टोलीले पाँच कर्मचारीको मोबाइल जफत  गरेको छ । ‘एक्कासि टोली आएर छापा हानेको छ । केही कर्मचारीको मोबाइल समेत जफत भएको छ । 

सीआईबीले दूध खरिदबिक्रीसम्बन्धी कागजात नियन्त्रणमा लिएको बताइएको छ । 

सीआईबीले छापा हान्दा डिडिसीका महाप्रबन्धक डा.शरण कुमार पाण्डे कार्यालयमा थिएनन् । उनले भने, ‘म मन्त्रालयमा काममा थिएँ । कागजात नियन्त्रण गरिएको भन्ने खबर आएको छ । थप बुझ्दै छु,’ उनले भने ।