प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विपक्षीको अवरोध, प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

Image

विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ।प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन र प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग राखेका छन्।

सोही मागसहित विपक्षी सांसदहरूले बैठक अवरोध गरेपछि सभामुख डीपी अर्याल ले सदनको कार्यवाही सञ्चालन गर्न कठिनाइ भएको भन्दै बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले संसदको गरिमा र मर्यादामाथि आघात पुगेको दाबी गर्दै उक्त अभिव्यक्ति अभिलेखबाट हटाउनुपर्ने अडान राखेका छन्।

विपक्षी दलहरूले प्रधानमन्त्रीले माफी नमागेसम्म सदनको अवरोध जारी रहने चेतावनी समेत दिएका छन्। संसदमा देखिएको पछिल्लो विवादले प्रतिनिधि सभा बैठकको नियमित कार्यसूची प्रभावित बनेको छ।