श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिबाट आफू लज्जित हुनु परेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा राईले प्रधानमन्त्रीबाट यति कमजोर जवाफको अपेक्षा गरेर प्रश्न नगरेको बताए । ‘मलाई हाम्रो प्रधानमन्त्रीज्यूले यति कमजोर, मिथ्या र तथ्यहीन उत्तर दिनुहुन्थ्यो भन्ने लाग्थ्यो भने त्यो थाहा थियो भने मैले हिजो त्यो प्रश्न सोध्थिनँ,’ राईले भने, ‘आज मलाई आफैंलाई लज्जास्पद अनुभूति भइरहेको छ ।’
राईले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउँदै माफी माग्नुपर्ने माग गरे । आफ्नो पार्टी देश बचाउने सर्तमा आएकाले माग पूरा नभएसम्म संसद् चल्न नदिने पनि उनले बताए ।















