पशुपतिनाथ मन्दिर क्षेत्रमा सुनको सिक्री लुटपाट गर्ने पाँच भारतीय महिलाहरू पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले मंगलबार भारत गोरख नौसरका अञ्जु चमार (३५), रुपसना चमार (२९), आरति चमार (३०), रिंकु चमार (३५) र नन्दनी चमार (१८) लाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार उनीहरूले पशुपतिनाथ दर्शन गर्न आएका मानिसहरूले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गरेका थिए ।
उनीहरूबाट सुनको सिक्री दुई थान बरामद गरिएको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














