कैलालीमा २० वर्षिय युवकको हत्या, प्रेमिकाले नै अर्का प्रेमीसँग मिलेर गरेको प्रहरी दाबी

Image

कैलालीको मोहना नदी किनारमा मृत भेटिएका युवकको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।  कैलारी गाउँपालिका–९ गदरियाका २० वर्षीय राजकुमार रानाको शव आइतबार नदी किनारमा फेला परेको थियो। उनको हत्या प्रेमिकाले नै अर्का प्रेमीसँग मिलेर गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । उनीहरु दुवै जना भने फरार छन् । 

प्रहरीले युवतीका बुवाआमालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-८ का ६० वर्षीय बम्मन राना र ५८ वर्षीया भँगु राना रहेका छन् । 

युवतीका अर्का पनि प्रेमी रहेको र उनीसँग मिलेर राजकुमारको हत्या गरी नदीमा शव फालेको प्रहरीको दाबी छ । उनीहरू चार जनाले कुटपिट गरी हत्या गरेको र शव मोहना नदी किनारमा फालेको प्रहरीको प्रारम्भिक अनुमान छ ।