ज जलमार्ग नजिकै तेल ट्यांकर एमटी सेटेबेलोमा भएको अमेरिकी आक्रमणमा तीन भारतीयको मृत्यु भएको छ । भारतका केन्द्रीय मन्त्री सर्वानन्द सोनोवालले उनीहरूको मृत्यु पुष्टि गरेको दैनिक भास्करले जनाएको छ । अहिलेसम्म दुई जनाको शव फेला परेको उनले बताए ।
यसअघि, विदेश मन्त्रालयले जहाजमा रहेका २४ जना भारतीयमध्ये २१ जनालाई सुरक्षित उद्धार गरिएको र तीन जना बेपत्ता भएको बताएको थियो ।
दुर्घटनामा ज्यान गुमाउने नाविकहरूमा आदित्य शर्मा, शिवानन्द चौरसिया र पटनाला सुरेश रहेको समाचारमा उल्लेख छ । पटनाला सुरेश शुरूमा बेपत्ता भएको रिपोर्ट गरिएको भए पनि हाल उनको पनि मृत्यु भएको पुष्टि भएको हो ।
केन्द्रीय मन्त्री सोनोवालले दुःख व्यक्त गर्दै भनेका छन्, ‘यो प्रभावित परिवारहरूको लागि मात्र नभई सम्पूर्ण भारतीय समुद्री समुदायको लागि ठूलो क्षति हो।’ उनले यस कठिन समयमा सरकार मृतकका परिवारहरूको साथमा रहेको र उनीहरूलाई आवश्यक पर्ने सबै प्रकारको सहयोग प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उद्धार गरिएका भारतीय नाविकहरूलाई सकेसम्म चाँडो फिर्ता ल्याउन र मृतकहरूको शव सकेसम्म चाँडो भारत फिर्ता ल्याउन निर्देशन दिएको बताए ।
सरकारले अहिले घाइते तथा उद्धार गरिएका अन्य नाविकहरूको स्वदेश फिर्ती र शव ल्याउने प्रक्रियालाई उच्च प्राथमिकतामा राखेर काम अगाडि बढाएको उनको भनाइ छ ।
अमेरिका र इरानबीच बिहीबार लगातार दोस्रो दिन पनि आक्रमण जारी छ । इरानी मिडियाका अनुसार, केश्म टापु, बन्दर अब्बास, मिनाब र सिरिकमा विस्फोट सुनिएको थियो । प्रतिक्रियामा, इरानले कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरेको दाबी गरेको छ।
















