दुर्गा प्रसाईंको आरोप- राप्रपा राजा र धर्म साट्ने पार्टी हो

Image

मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियनाका संयोजक दुर्गा प्रसाईँले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजा र धर्म साट्ने पार्टी भएको आरोप लगाएका छन् । 

आइतबार काठमाडौँमा नयाँ पार्टी गठनको गृहकार्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईँले राप्रपाले चुनावमा राजा र हिन्दु राष्ट्रको एजेन्डा बेचेर भोट माग्ने तर सत्तामा पुगेपछि काम नगरेको टिप्पणी गरे । राप्रपा विकास र जनताप्रति उत्तरदायी नभई सांसद बन्ने, सत्ता र भत्तामा मात्र सीमित भएको उनको भनाइ छ । सत्य बोल्नेलाई अराजक भन्ने गरिएको भन्दै उनले आफू सत्य बोल्न नडराउने र देश तथा जनताको लागि जस्तोसुकै अवस्था भोग्न तयार रहेको स्पष्ट पारे । 

वर्तमान व्यवस्थाले गरिबमाथि प्रहार गरेको,सहकारी पीडितलाई न्याय नदिएको र किसानले दूधको पैसा नपाएको भन्दै वर्तमान सरकार र प्रमुख राजनीतिक दलहरू धेरै नटिक्ने दाबी समेत गरे ।