हप्ता भरी काम गरेर बिदाको दिन जिस्किन्छु : प्रधानमन्त्री बालेन

Image

प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत हप्ताभर काम गरेपछि बिदाको दिनमा आफू केही अनौपचारिक हुने वा जिस्किने गरेको उल्लेख गर्दै उनले यसलाई समस्याको रूपमा नलिन आग्रह गरेका छन् । प्रधानमन्त्री शाहले फेसबुकमा लेखेका छन् , ‘हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन ! दुख त्यो दिन मान्नु, जुन दिन म जिस्किन छोड्छु !’

पछिल्लो समय सामाजिक सञ्जालमा प्रधानमन्त्रीले आफ्नो पदको गरिमा कायम नगरेको भन्दै उनले लेख्ने विषयहरूमाथि बहस र चर्चा हुने गरेको छ । उनले आइतबार नै दुई मन्त्रीलाई अँगालो मारेको तस्बिर सार्वजनिक गर्दै उनीहरूलाई ‘देश बनाउने टोली’ लेखेका थिए ।