आइसीसीबाट प्राप्त अनुदानले क्रिकेट मैदानमा चाहिने उपकरण किन्दै क्यान

Image

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) बाट प्राप्त भएको अनुदान रकमबाट नेपाल क्रिकेट संघ(क्यान)ले मैदानमा चाहिने उपकरण खरिद गर्ने भएको छ। क्यानले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा उपकरण खरिद गर्नको लागि बोलपत्र आव्हन गरेको छ। आइसीसीबाट आएको अनुदानको केही रकम क्यानले मैदानको उपकरण खरिदमा लगाउन लागेको हो।

क्यानले उपकरण खरिदको लागि ‘सिंगल स्टेज टु इन्भेलप’ प्रक्रियाबाट प्रतिस्पर्धात्मक रुपमा प्रक्रिया अघि बढ्नेछ।अगष्ट १७ मा प्रकाशन भएको यस बोलपत्रको समयसीमा १ महिनाको रहेको छ। सेप्टेम्बर १७ भित्र सहभागि हुन चाहने कम्पनीले मूलपानीस्थित क्यान मुख्य कार्यलयमा पत्र बुझाइसक्नुपर्ने विवरण प्रकाशन गरिएको छ।

क्यानले बोलपत्रसँग न्यूनतम १५ लाख रुपैयाँको बिड सेक्युरिटी अनिवार्य गरेको छ। विद्युतीय माध्यमबाट बोलपत्र पेश गर्नेले बिड सेक्युरिटीको स्क्यान गरिएको प्रतिलिपि पीडीएफमा पेश गर्न सक्नेछन् । उक्त धरौटी बोलपत्रको मान्य अवधि सकिएको मितिभन्दा थप ३० दिनसम्म मान्य हुनुपर्नेछ ।

बोलपत्र खरिद वा पेश गर्ने अन्तिम मिति सार्वजनिक बिदा परेमा त्यसपछिको पहिलो कार्यदिनलाई अन्तिम मिति मानिने क्यानले जानकारी दिएको छ।