हर्क साम्पाङद्वारा बाढीपीडित कोषमा १५ लाख रुपैयाँ दिने घोषणा

Image

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बाढीपीडितको राहतका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

साम्पाङले आज सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीको तर्फबाट बाढीपीडित कोषमा १५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘हाम्रो कलिलो तर मलिलो श्रम संस्कृति पार्टीले बाढीपीडित कोषमा १५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गर्दछौँ।’

साम्पाङका अनुसार उक्त रकम तत्कालका लागि पार्टीको तर्फबाट सहयोगस्वरूप उपलब्ध गराउन लागिएको हो। उनले आगामी दिनमा राहत तथा साथ अभियानमार्फत थप सहयोग जुटाउने पनि बताएका छन्।

बाढी तथा पहिरोका कारण विभिन्न जिल्लामा जनधनको क्षति भइरहेका बेला राहत तथा उद्धारका लागि सहयोग घोषणा गर्ने क्रम बढिरहेको छ।