दुई महिनाको शिशुसहित परिवारको स्याफ्रुवेंशीबाट उद्धार

Image

रसुवाको बाढी प्रभावित स्याफ्रुवेंशीबाट दुई महिनाको शिशुसहित एक परिवारको उद्धार गरिएको छ ।

बाढीपछि जोखिममा परेको परिवारलाई उद्धार टोलीले स्याफ्रुवेंशीबाट उद्धार गरेर सदरमुकाम धुन्चे ल्याइएकोमा अहिले काठमाडौँ पठाएको हो । उद्धार गरिएकामध्ये दुई महिनाको शिशुसमेत रहेको बताइएको छ ।

उद्धारपछि परिवारलाई आवश्यक स्वास्थ्य तथा अन्य व्यवस्थापनका लागि काठमाडौँ लगिएको जनाइएको छ ।